नवनिर्वाचित सांसदलाई संघले दियो बधाई


नवनिर्वाचित सांसदलाई संघले दियो बधाई

नेपालगन्ज १६ मंसिरः बाँकेबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बधाई ज्ञापन गरेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधी सभाका सदस्यहरु किशोरसिंह राठौंर, डाक्टर धवलसम्शेर राणा र सुर्य ढकाल तथा प्रदेश सभाका सदस्यहरु कृष्णा केसी नमुना, दुर्गाबहादुर चौधरी, आदेशकुमार अग्रवाल, बादशाह कुर्मी र रत्नबहादुर खत्रीलाई माला र दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

संघका अध्यक्ष मन्सुरीले बधाई ज्ञापन गरेका हुन् । प्रदेश सभा सदस्य भण्डारीलाल यादव भने कार्यक्रममा उपस्थित भएनन् । सो क्रममा प्रतिनिधि सभाका सदस्यहरु राठौंर, डाक्टर राणा र ढकाल तथा प्रदेश सभा सदस्य नमुना र अग्रवालले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य र ब्यवसायी बिमल ढकालले बाँकेको विकासका लागि एकै ठाउँमा उभिएर काम गर्न नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई आग्रह गरेका थिए ।