नेपालगन्ज १६ मंसिरः बाँकेबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बधाई ज्ञापन गरेको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधी सभाका सदस्यहरु किशोरसिंह राठौंर, डाक्टर धवलसम्शेर राणा र सुर्य ढकाल तथा प्रदेश सभाका सदस्यहरु कृष्णा केसी नमुना, दुर्गाबहादुर चौधरी, आदेशकुमार अग्रवाल, बादशाह कुर्मी र रत्नबहादुर खत्रीलाई माला र दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको हो ।
संघका अध्यक्ष मन्सुरीले बधाई ज्ञापन गरेका हुन् । प्रदेश सभा सदस्य भण्डारीलाल यादव भने कार्यक्रममा उपस्थित भएनन् । सो क्रममा प्रतिनिधि सभाका सदस्यहरु राठौंर, डाक्टर राणा र ढकाल तथा प्रदेश सभा सदस्य नमुना र अग्रवालले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य र ब्यवसायी बिमल ढकालले बाँकेको विकासका लागि एकै ठाउँमा उभिएर काम गर्न नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ