File Photo
नेपालगन्ज १८ मंसिर : प्रमुख सत्तारुढ नेपाली काँग्रेसले मंसिर ४ गते भएको आमनिर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गर्नेहरूको सूची मागेको छ।
काँग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता कार्यकर्ताहरुको सूची मागेको हो ।
‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने’, अनुशासन समितिका प्रेम केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्नेछ ।’
काँग्रेसमा पछिल्लो समय अन्तर्घात गरेर ठाउँ ठाउँमा हराएको गुनासो आइरहेको छ । काँग्रेसका अलग अलग गुटले एक अर्कालाई अन्तर्घात आरोप लगाइरहेका बेला अनुशासन समितिले छानबिन र कारवाही अघि बढाएको हो ।
हेर्नुहोस् सूचना

प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ