नेपालगन्ज १८ मंसिर : बाँके क्षेत्र नम्बर–३ प्रदेश सभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सांसद रत्न खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका अति विपन्न तीन घरपरिवारका बालबालिकालार्ई ५ वर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी वहन गर्ने घोषणा गरेकाछन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आईतबारको बैठकमा एमाले बाँकेका सचिव समेत रहेका सांसद खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका दलित, मधेसी–मुस्लिम र थारु समुदायका १/१ जना गरी ३ जना विद्यार्र्थीको ५ वर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी आफुले वहन गर्ने घोषणा गरेका हुन् ।
खत्रीले पार्टी कमिटीले अति विपन्न घरपरिवारका बालबालिकाको पहिचान गरि छनौंट गर्ने बताए । यसैगरी खत्रीले जनतासँगको सम्बन्धलाई बलियो बनाउन निर्वाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरि समन्वयको काम अघि बढाउने बताए । सम्पर्क कार्यालयमा समन्वयका लागि एकजना कर्मचारीको ब्यवस्था गर्ने उनको भनाई छ ।
खत्रीले निर्वाचनको समयमा प्रत्येक महिनामा एकदिन निर्वाचन क्षेत्र अन्तर्गतका हरेक वडाका गाउँबस्तीमा प्रत्यक्ष पुगेर निरन्तर जनतासँग अन्तरक्रिया गरि अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
निर्वाचन परिचालनक कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले निर्वाचनका समयमा जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्न निर्वाचित सांसदसँगै पार्टी कमिटी पनि प्रतिवद्ध भएर लाग्ने बताए ।