निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह


निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

नेपालगन्ज १९ मंसिर : बाँकेमा निवृत्त राष्ट्रसेवक समाज गठन भएको छ ।

निवृत्त निजामति कर्मचारी, शिक्षक, प्रहरी र सेनाको एक भेलाले नेपाल सरकारका निवृत्त उपसचिव जीतबहादुर शाहको अध्यक्षतामा निवृत्त राष्ट्रसेवक समाज जिल्ला कार्यसमिति बाँके गठन गरेको हो ।

समाजका केन्द्रिय अध्यक्ष खेमनाथ अधिकारी, सहअध्यक्षद्वय विष्णु प्रसाद वश्याल र थपराज कट्टेल, उपाध्यक्ष टेकबहादुर थापा र केन्द्रिय सदस्यद्वय खेमराज मरासिनी र भोलानाथ बजगाईको समुपस्थितिमा नौ सदस्यीय कार्यसमिति गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए ।

समाजको उपाध्यक्षमा ललिता उपाध्याय, सचिवमा शारदा प्रसाद कोइराला, कोषाध्यक्षमा शिबराज तिमिल्सिना, सहसचिवमा नारायण प्रसाद शर्मा भट्ट रहनु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै सदस्यहरुमा बाबुराम आँकुरा, होमनाथ गिरी, श्यामबिहारी गुप्ता, बिष्णु सुवेदी चयन भएकाछन् ।

भेलाले केन्द्रिय प्रतिनिधिको रुपमा राकेश श्रीवास्तव, बलराम यादव र गोकर्ण प्रसाद आचार्यलाई मनोनयन गरेको छ भने प्रदेश प्रतिनिधिको रुपमा किरण आचार्य, जनकराम भण्डारी र शालिकराम आचार्यलार्य मनोनयन गरेको छ ।

निवृत्त राष्ट्रसेवक समाज, नेपालको विधान २०६६ अनुसार गठित विशुद्ध गैरराजनीतिक यस समितिले सेवानिवृत्त राष्ट्रसेवकहरुको हकहित संरक्षणका साथै समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास, भेदभाव, शोषण, दमन, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा लोककल्याणकारी कार्य गर्ने गरी स्थापना भएको अध्यक्ष शाहले बताए ।