राष्ट्रिय सभा सदस्य शर्माको आग्रह ‘संसदलाई गरिमामय बनाउ’


राष्ट्रिय सभा सदस्य शर्माको आग्रह ‘संसदलाई गरिमामय बनाउ’

नेपालगन्ज २१ मंसिर : राष्ट्रिय सभाका सदस्य युवराज शर्माले संसदलाई गरिमामय बनाउन नवनिर्वाचित सांसदलाई आग्रह गरेका छन् । शर्माले एक प्रेस वक्तब्य जारी गर्दै संसदलाई गरिमामय बनाउन नवनिर्वाचित सांसदले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका हुन् ।

‘विगतको जस्तो महिनौ संसद चल्न नदिने, हस्ताक्षर गरि अनुपस्थित हुने, प्रभावकारी भूमिकामा देखा नपर्ने, संविधान अनुसार बनेका तयारी ऐन विधेयक पारित नभई निष्कृय हुने अवस्थाको सृजना गर्ने जस्ता अर्कमण्य, भूमिकामा कुनैपनि निर्वाचित सांसद देखापर्नु हुने छैन, भन्ने आशा र अपेक्षा पनि राखेको छु,’ वक्तब्यमा सदस्य शर्माले उल्लेख गरेका छन् ।

जनताको अपेक्षा पनि यस्तै रहेको भन्दै शर्माले भनेका छन्, ‘जनताले राष्ट्रिय मुद्दामा सहमति र सहकार्यको लागि पनि जनादेश गरेको कुरा निर्वाचन परिणामबाट स्पष्ट बुझ्न सकिन्छ, बुझ पचाउनु पट्टकै हुँदैन, नत्र त्यस्ता दल र नेताको पतन भने निश्चित छ ।’

नेपाली काँग्रेसको एउटा नेता वा कार्यकर्ताको हैसियतले काँग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत मंसिर ४ गतेको आम निर्वाचनबाट नेपाली काँग्रेस सबभन्दा ठूलो पार्टी बन्न सफल भएकोमा राष्ट्रिय सभा सदस्य शर्माले बधाई दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापती पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वउपसभापती प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइराला, किशोरसिंह राठौर, केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, शेखर कोइराला, युवा नेता बद्री पाण्डे, प्रदीप पौडेल, सञ्जय गौतम सहित सम्पूर्ण विजयी ‘माननीय’ हरुलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

नेपाली काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका राष्ट्रिय सभाका सदस्य शर्माले नेपाली काँग्रेसका धेरै मूल्यवान नेताहरु कारणबश केही मतान्तरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सफलता पाउनदेखि बञ्चित भएकोमा उनीहरुमा पर्न गएको दुःखप्रति समानुभूति प्रकट पनि गरेका छन् ।

पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहित सबै विजयी उम्मेदवारलाई समेत शर्माले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

राष्ट्रिय सभाका सदस्य युवराज शर्माद्धारा जारी वक्तब्य :