विद्यार्थीद्वारा सेनासम्बन्धी प्रदर्शनी अवलोकन


विद्यार्थीद्वारा सेनासम्बन्धी प्रदर्शनी अवलोकन

नेपालगन्ज २१ मंसिर : बाँकेको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी प्रदर्शनी गराएकोछ ।

नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेकले नेपाली सेना र यसले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सेना सम्बन्धी प्रदर्शनी गरेको हो ।

ब्यारेकको हाताभित्रै विभिन्न दश वटा स्टल बनाएर गणले सेनासम्बन्धी प्रदर्शनीमा बाँके र बर्दियाका विद्यार्थीले अवलोकन गरेका हुन् । बाँके र बर्दियामा सेनाको सूचीकृतमा १६ वटा विद्यालय रहेका छन् । उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।

नेपालगन्जको राझाँस्थित सेनाको ब्यारेकमा सञ्चालन गरिएको प्रर्दशनीमा सेनाले प्रयोग गर्ने पोशाक, हातहतियार, सवारी साधन, शंकास्पद बिस्फोटक पदार्थको पहिचान र त्यसबाट हुन सक्ने क्षतिबाट बच्ने उपायका बारेमा जानकारी दिइयो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रर्दशनीमा नेपाली सेनाले विपदका बेला सञ्चालन गर्ने उद्दारका गतिबिधिका साथै वन र वन्यजन्तुको संरक्षणका लागि निकुञ्ज क्षेत्रमा खटिएर नेपाली सेनाले गर्दै आएका कामहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।
बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेलले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी ज्ञान गराउने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।

बाँके र बर्दियामा सेनाको सूचीकृतमा रहेका १६ वटा विद्यालय छन् । यी विद्यालय बीचमा बज्रदल गणले फुटबल प्रतियोगिता गराएको छ ।

प्रदर्शनीमा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्ट, प्रतियोगिताका संयोजक किसन गुरुङ, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणी अधिकारीलगायत विभिन्न विद्यालयका शिक्षकको उपस्थिति थियो ।