भ्रस्टाचार विरुद्ध नेपालगन्जमा ‘वाकाथन’


भ्रस्टाचार विरुद्ध नेपालगन्जमा ‘वाकाथन’

नेपालगन्ज २३ मंसिर : भ्रस्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२२ का अवसरमा नेपालगन्जमा शुक्रबार बिहान बृहत ‘वाकाथन’ गरिएको छ ।

भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको ब्यवस्थापनमा नेपालगन्जमा दोस्रो वाकाथन गरिएको हो ।

स्थानीय गणेशमान चोकबाट सुरु भएको वाकाथन चारबाहिनी चोक, अस्पताल रोड, सदरलाईन, त्रिभुवन चोक, विपी चोक हुँदै नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी पुगेर समापन भएको थियो ।

वाकाथनमा विभिन्न ब्यानर र प्लेकार्ड सहित भ्रष्टाचार विरुद्धका अभियन्ताहरु, नागरिक समाजका अगुवा तथा प्रतिनिधि, बासका स्वयंसेवक, सञ्चारकर्मी, बिद्यार्थी, शिक्षक लगायतको उपस्थित भएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

वाकाथन पश्चात आयोजित उक्त कार्यक्रमलाई बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जका प्रमुखले पनि केहीबेर सहभागिता जनाएका थिए । सो क्रममा भ्रष्टाचार विरुद्धका नृत्य प्रस्तुत पनि गरिएको थियो ।

त्यसअघि वाकाथनका क्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशी, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, नागरिक समाजका अगुवा बसन्त कुमार गौतम, थारु महिला विकास केन्द्रकी अध्यक्ष ललिता चौधरी, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्णप्रसाद आचार्य, ब्रिनोज कान अस्पतालका प्रमुख पुरनसिंह थारु, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, स्वास्थ्यकर्मी सुमन गिरी लगायतले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने नाराका साथ नेपालगन्जमा दोस्रोपटक वाकाथन आयोजना गरिएको हो ।

दोश्रो पटक गरिएको वाकाथनले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्र संघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । सोही महासन्धिका अवसरमा बासले वाकाथन गर्दै आएको हो ।