भजनराम मानव अधिकार पुरस्कारबाट सिद्दिकी सम्मानित


भजनराम मानव अधिकार पुरस्कारबाट सिद्दिकी सम्मानित

नेपालगन्ज २४ मंसिर : यस वर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाँकेकी अधिकारकर्मी मैमुना सिद्दिकी सम्मानित भएकी छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्दिकीलाई उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्दले उक्त पुरस्कार प्रदान गरे ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्मानपत्र, दोसल्लाका साथमा सिद्दिकीलाई २५ हजार नगद रूपैयाँले सम्मान गरिएको थियो ।

कार्यक्रमा पुरस्कार सिफारिस समितिका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा सिद्दिकीले पु¥याएको अतुलनीय योगदानको कदर गर्दै पुरस्कारका लागी सिफारिस गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रत्येक दुई वर्षमा प्रदान गरिने भजनराम मानवअधिकार पुरस्कारका लागी वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको संयोजकत्वमा पुरस्कार छनोट सिफारिस समितिले गरेको सिफारिस अनुसार भजनराम स्मृति अक्षय कोषले भजनराम मानव अधिकार पुरस्कार दिने निर्णय गरेको भजनराम स्मृति अक्षय कोषका अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

साबिकको मध्य पश्चिमाञ्चल क्षेत्रमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई भजनराम स्मृति अक्षय कोषले मानवअधिकार पुरस्कार दिदैँ आएको छ ।

पुरस्कृत हुने मैमुना फातिमा फाउण्डेसनका अध्यक्ष हुन् । सिद्दिकीले आफ्नो सघर्ष र मानव अधिकारको क्षेत्रमा आफुले गरेको कामको उच्च मुल्याङ्कन गरि पुरस्कार दिएकोमा आफु अत्यन्तै हर्षित भएको जनाउँदै पुरस्कारले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा अझै प्रतिबद्ध भै काम गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिईन ।