नेपालगन्ज २४ मंसिर : उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश बागचन्दले प्रमाण र पीडितका दर्द हेरेर महत्वका साथ नागरिकको मानव अधिकार संरक्षणमा अदालत प्रतिबद्ध रहेको बताए ।
सबै सरोकार निकायले आ–आफ्नो ठाउँबाट ‘बेस्ट परफरमेन्स’ देखाउन सकेमा मानवअधिकार संरक्षण हुने भन्दै न्यायाधीश बागचन्दले सबैले पीडितको ठाउँमा आफुलाई राखेर कार्य गर्नु पर्नेमा जोड दिए ।
मानवअधिकारको चेतनास्तरमा अझै बृद्धि हुनु पर्ने भन्दै न्यायाधीश बागचन्दले मानिसले मानिसको दर्जा नदिने कुराको अब अन्त्य हुनु पर्ने बताए । मानवअधिकारलाई जाती, लिंगका आधारमा छुट्याएर हेर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने कुरामा जोड दिँदै बरिष्ठतम न्यायाधीश बागचन्दले मानवले सम्मानपुर्वक बाच्न पाउने अवस्थाको यात्रामा सबै लाग्नु पर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मानव अधिकारको संरक्षण र संबद्र्धन हुन सकेमा देशमा बिकाश र सुशासन हुने बताए । हरेक ब्यक्तिको मानव अधिकार संरक्षण हुनु पर्नेमा जोड दिदै मेयर बिष्टले मानव अधिकारको संरक्षणमा आफ्नो प्रतिवद्ध ब्यक्त गरे । शिक्षा स्वास्थ्य लगायतका आधारभुत मानव अधिकारको प्रत्याभुति अझै हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै मेयर बिष्टले कोख देखि शोकसम्म सबैको मानव अधिकारको सम्मान हुनु पर्ने बताए ।
बाँकेका निमिक्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले मानव अधिकारको विश्वब्यापी घोषणा पत्रमा उल्लेखित मानव अधिकार सबैले उपयोग गर्न पाउनु पर्ने भन्दै मानव अधिकारको संरक्षणमा जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताले मानव अधिकार आयोगका सिफारिस सरकारले पालना नगरेकोमा चिन्ता प्रकट गर्दै बिद्यालय तहदेखि नै मानव अधिकार शिक्षा दिनु पर्ने जोड दिए ।
नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष टिकाजंग सिंहले मानव अधिकारको उल्लघंन राज्यले गर्ने भएकाले नागरिकको मानव अधिकार संरक्षणमा न्यायालयले सक्रियता बढाउनु पर्नेमा धारणा राखे ।
महिला बालबालिका तथा जुष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जका प्रहरी निरीक्षक महेश्वरी बिष्टले दिवसमा मात्रै नभै वर्षैभरि मानव अधिकारको कुरा गरिरहनु पर्नेमा जोड दिईन । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपुर्वक मानव अधिकारको क्षेत्रमा काम गर्न सके मानवअधिकार संरक्षण हुने भन्दै आफ्नो कार्यालयबाट पीडित भई आएका महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताईन् ।
एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतमले सञ्चालन गरेको कार्यक्रमा महिला कानून र बिकाश मञ्चका वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, फियान नेपालका नेपालगन्ज प्रमुख सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, फेडोका अध्यक्ष निर्मला सुनार, म्याग्नामिटका प्रतिनिधि एवं सिद्धीटपका सतिश पाठक लगायतका वक्ताले मानव अधिकार दिवसको महत्वमाथी प्रकाश पार्दै सबै नागरिककोे सबै प्रकारका मानव अधिकारको संरक्षण हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्ष ग्रहण गरेकी राष्ट्रि«य मानव अधिकार आयोगका नेपालगंज कार्यालय प्रमुख द्वारिका अधिकारीले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेखित नागरिकका मानव अधिकार संरक्षण हुनु पर्ने भन्दै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा आयोगको प्रतिबद्ध भै लागेको बताईन ।
कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको ७४ वर्षसम्म पनि घोषणापत्रमा उल्लेखित मानव अधिकार सवालहरु उत्तिकै सान्दर्भिक रहेको बताउदै यसको संरक्षण र सम्बद्र्धनमा सबैले आ–आफ्नो तर्फबाट लाग्नु पर्नेमा जोड दिए ।
हरेक वर्ष १० डिसेम्बरका दिन विश्वभर मानवअधिकार दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९५० मा मानवअधिकार दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता १० डिसेम्बरमा यो दिवस मनाइँदै आएको छ ।
यस वर्षको मानव अधिकारको दिवसको थिम मानव अधिकारको बिश्वब्यापी घोषणापत्रको ७४ औ वार्षिक उत्सव रहेको थियो । कार्यक्रमका वक्ताले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको ७४ वर्षसम्म पनि घोषणा पत्रको ३० धारामा उल्लेखित मानव अधिकारका सवालहरु उत्तिकै सान्दर्भिक र महत्वका भएकाले यसको प्रभावकारी कार्यान्वयन जोड दिएका थिए ।