नेपालगन्ज २५ मंसिर : आदर्श युवा बचत समूहले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँकेको खजुरामा क्रियाशील युवाहरुको समुहले एक समारोहको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।
समुहका अध्यक्ष देव बहादुर कुंवरको अध्यक्षतामा सम्पन्न साधारण सभामा खजुरा गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष टेकबहादुर रोकाक्षेत्रीले खजुरामा आदर्श युवा समुहले सामाजिक कार्यमा महत्वपुर्ण कार्य गरेको बताए ।
साधारण सभाका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष रोकाक्षेत्रीले युवाहरुको प्रेरणाको स्रोत समुह बन्न सफल रहेको भन्दै यसको निरन्तरताको लागि सम्पुर्ण सदस्यहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मिलिजुली स्वाभलम्बन कृषक बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष खडक ओलीले खजुरामा युवा अभियानलाई आदर्श युवा बचत समुहले सार्थकता दिएको बताए । सामाजिक कार्यमा क्रियाशील रहेको समुहले युवालाई सहि मार्गमा हिँड्न प्रेरित गरेको उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाईटी बागेश्वरी उपशाखा खजुराका सचिव अर्जुन थापाले समुहका गतिविधिलाई नियाल्दै आएको र समाजमा एक उदाहरणीय समुहका रुपमा चिनिने गरेकोले पनि गौरवको महसुस हुने गरेको बताए ।
साधारण सभामा समुहले रेडक्रसको बागेश्वरी शाखालाई, एक नम्बर बजारका लागि डष्टविन प्रदान समेत गरेको थियो ।
समुहले साधारण सभामै खजुरामा रहेका एक पक्षघातका विरामी पुजा मल्ल ओलीको उपचारमा सहयोग होस भनि १० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरेको थियो ।
समुहले वार्षिक कार्ययोजना पनि साभारण सभामा प्रस्तुत गरेको समुहका सचिव सुभाष् निरौलालले जानकारी दिए । साधारण सभामा समुहका सचिव निरौलाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, भने कोषाध्यक्ष होम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समुहमा हाल ३५ जना युवाहरु आबद्ध रहेका छन् । उनीहरुले प्रत्येक महिनाको प्रथम शनिबार एक हजारका दरले समुहका सदस्यहरुले बचत समेत गर्दै आइरहेका छन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ