नेपालगन्ज: ५० ग्राम लागु औषध सहित नेपालगन्ज भन्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन् ।
लागु औषध सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरका उपेन्द्र कुर्मी चौधरीलाई ५० ग्राम लागु औषध सहित ईलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेको हो ।
नेपालगन्ज भन्सारमा चेकजाँचमा खटिएको बेला कुर्मीलाई ५० ग्राम लागुऔषध मोटरसाइकलमा राखेर ल्याउदै गर्दा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जमुनाह ईन्चार्ज माधव रिजालले बताए ।
उनका अनुसार दिउँसो साढे २ बजे रुपैडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा चेकजाँचका क्रममा फेला परेको हो । कुर्मीबाट नौहजार भारतीय रुपैयाँ र १ सयका अमेरिकी डलर २ थान मोवाईल समेत बरामद गरेको जमुनाह प्रहरीले बताएको छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश