नेपालगन्ज २८ मंसिर : प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा मतदाताले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ बढी मतदान गरेको पाइएको छ । र, बदर मत पनि समानुपातिकमा बढी देखिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा समानुपातिक तर्फ मतदान र बदर मत दुवै बढी रहेको देखिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५.०६ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ भने ५.०९ प्रतिशत मत बदर भएको छ ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको छ भने ४.०७ प्रतिशत मत बदर भएको छ ।
प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ । बाँकी ६.५५ प्रतिशत मत बदर भएको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ