बालसुधार गृहमा क्षमता भन्दा बढि बालक, बसाईमा समस्या

एडभोकेसी फोरमद्वारा न्यानो कपडा बितरण


बालसुधार गृहमा क्षमता भन्दा बढि बालक, बसाईमा समस्या

नेपालगन्ज २८ मंसिर : बाँके स्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालक हुँदा बसाईमा समस्या परेको छ । नयाँ भवन निर्माण भएसंगै केही राहत भए पनि बसाईको उपयुक्त प्रवन्ध हुन नसक्दा कतिपय बालकहरु सिमित कपडामा भुईमै सुत्नु परेको छ ।

बाल सुधार गृहमा एक वर्ष भन्दा बढी समय बसी सकेका कानूनी बिवादमा परेका बालकलाइ मात्र सरकारले सिरक डसना उपलब्ध गराउने ब्यवस्थाले त्यो अवधी नपुगेका बालकले ओड्ने सिरक र ओछ्याउने बिस्तरा पाउदैनन् । जाडो बढेसंगै बालकलाई बिस्तराको समस्या परे पछि अधिकारवादी सस्था एडभोकेसी फोरम नेपालले बुधवार न्यानो कपडा बितरण गरेको छ ।

जाडोमा ओड्ने कपडा कम भई बालकहरुलाई समस्या परेपछि फोरमले ३६ थान डवल न्यानो ब्लाङ्गकेट र एक बण्डल पी फर्म उपलब्ध गराएको एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिए ।

गत हप्ता मात्रै छाला रोगको संक्रमण फैलिएपछि एडभोकेसी फोरमले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर सुधार गृहमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरबाट ११२ जना बालकहरुले स्वास्थ्य सेवा लिएका थिए । सुधार गृहमा रहेका बालकहरुमा हुने छाला रोग संक्रमण पुरानै समस्या भएको र केही समय निको भए जस्तो भए पनि ३÷४ महिना पुन संक्रमित हुने समस्या देखिएको गौतमले बताए । स्वास्थ्य चेकजाँचका क्रममा जीवाणुबाट हुने छाला सम्बन्धी लुतो, मास एन्जेमा, सामुहिक दाद, माईट एलर्जी र ब्याक्टरियल संक्रमण देखिएको थियो । एडभोकेसी फोरमले यस अघि कम्युटर, ल्यापटप कपडा, खेलकुद सामाग्री लगायतको सहयोग गरेको गौतमले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

न्यानो कपडा बितरण कार्यक्रममा युसेप नेपालका निर्देशक केशव सुवाल, लेखा अधिकृत बिनिता हाडा, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगर, वार्डेन मलखे सिंह, प्रसनी सुर्यलाल यादव लगायत सुधार गृहमा रहेका बालकहरुकोे उपस्थित रहेको थियो ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, युसेप नेपालका निर्देशक केशव सुवाल, बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले सुधार गृहमा एडभोकेसी फोरमको निरन्तर सहयोग रहेको भन्दै भबिष्यमा पनि सहयोगको अपेक्षा राखेका थिए ।

बालकहरु असल नागरिक भई समाजमा पुनस्थापित हुनु पर्ने मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरीले बताए । न्यानो कपडा बितरण कार्यक्रममा उपस्थित बालकहरुले न्यानो कपडाले जाडोमा निकै सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । धेरै बालकले धेरै कपडा पुराएर ओड्ने, ओछ्यान गर्नु पदा जाडोमा समस्या थिए ।

एडभोकेसी फोरमले उपलब्ध गराएको कपडाले जाडोमा राहत मिल्ने परिवर्तित नाम भेरी १३ ले बताए । कोरोना संक्रमण कालमा चरम अवस्थामा एडभोकेसी फोरमले प्रत्येक बालसुधार गृहमा पुगेर स्वास्थ्य सामाग्री लगायतको सहयोग अबिश्मरणय र प्रसम्सायोग्य कार्य भएको युसेप नेपालका निर्देशक केशव सुवालले बताए ।

कपडा बितरण कार्यक्रममा बोल्दै एडभोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतमले सुधार गृहमा त्यहाँ रहने बालकहरुका लागी न्यूनतम पुर्वाधार हुनु पर्नेमा जोड दिदै बालन्यायको उद्देश्य अनुसार सुधार गृह सञ्चालन हुनु पर्नेमा जोड दिएका थिए ।