सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला


सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

File Photo

नेपालगन्ज २ मंसिर : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।