नेपालगन्ज २ पुष : स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ ।
विशेष गरि बजेट तथा योजना सञ्चालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।
प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगन्जले उक्त अभिमुखीकरण गरेको हो । नेपालका चर्चित जिवन प्रशिक्षक विज्ञ नरबहादुर कार्कीले अभिमुखीकरणमा सकारात्मक सोँचको विकास र जीवनलाई कसरी तनावपुर्ण बनाउनेलगायतका बारेमा प्रशिक्षण दिए ।
अभिमुखीकरणमा बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधी, कार्यालय तथा प्रमख प्रशासकिय अधिकृत, सेवाकालिन तालिमका कर्मचारीहरुको सहभागिता रहेको प्रदेश सुशसान केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले बताए ।
उनले यो अभिमुखीकरण जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको काममा निकै व्यस्त हनुपर्ने अवस्थामा तनावपुर्ण जिवनलाई सकारात्मक सोचतर्फ विकास गरी तनावमुक्त बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ