सुदूरपश्चिम महोत्सवमा नेपाल आइडल रविको स्वागत


सुदूरपश्चिम महोत्सवमा नेपाल आइडल रविको स्वागत

 
धनगढी : नेपाल आइडल रवि वडको धनगढीमा आयोजित सुन्दर सुदूरपश्चिम महोत्सवमा भब्य स्वागत गरिएको छ । नेपाल आइडल सिजन टु जितेपछि रवि वड धनगढीको सार्वजनिकमा पहिलो पटक पुगेका थिए ।

उनलाई धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खादा, फुलमाला लगाएर स्वागत गरेका हुन् । नगरप्रमुख र महोत्सव आयोजकको अनुरोध गरेपछि रवि सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले रवि यस प्रदेशकै शान भएको बताए ।

उनले भने, ‘यहाँको भाषा संस्कृति बचाउन र प्रचारप्रसार गर्नमा रविले कन्जुस्याइँ गर्नु हुदैन र गदैनन् पनि ।’ रवि वडले नेपाल आइडल बनाउन सहयोग गर्ने सबै प्रति आभार प्रकट गरे । उनले भने, ‘यो मेरो जित होइन तपाईहरुको हो ।’ रविले कार्यक्रममा गीत भने गाएनन् ।