कर्णाली र सुदूरपश्चिमका कर्मचारीहरुलाई क्षमता अभिबृद्धी तालिम


कर्णाली र सुदूरपश्चिमका कर्मचारीहरुलाई क्षमता अभिबृद्धी तालिम

नेपालगन्ज २ पुष : संशोधित जोखिम पहिचान र घट्ना व्यवस्थापन बिषयक दुई दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा शुरु भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालीत बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम अन्तरगत कर्मचारीहरुका लागि उक्त क्षमता अभिबृद्धी तालिम आयोजना गरिएको हो ।

शनिबार नेपालगन्जमा भएको तालिम उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका अतिथि तथा युनिसेफ नेपाल फिल्ड अफिस नेपालगन्जका कुंगा सन्दुप लामाले जोखिममा रहेका बालबालिका र महिलाहरुका लागि समुदाय स्तरमा गरिएको काम प्रशंसनीय रहेको बताए । युएनको म्यान्डेटलाई पुरा गर्न साझेदार संस्थामार्फत भईरहेका कामहरु प्रभावकारि रुपमा अगाडी बढाएकोमा उनले सबै कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरे ।

समाज परिवर्तनको बाहकको रुपमा कार्यक्रम अन्तरगतका कर्मचारी परिचित भईरहेको प्रति खुसी ब्यक्त गर्दै स्थानीय सरकारको विश्वास जित्न कर्मचारी सफल भएको बताए । उनले गरिरहेको काममा थप प्रभावकारिता ल्याउने र सक्षम ब्यक्ति बनाउन तालिम उपयोगी हुने अपेक्षा राख्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा आन्तरीक मामला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका कृष्ण रोकायाले बासको कार्यशैली अन्य संस्थाको भन्दा उत्कृष्ट रहेको भन्दै तालिमले सहभागिहरुको कार्यशैलीमा निखारता ल्याउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बासका निर्वतमान अध्यक्ष तथा बास तालिम विभाग प्रमुख रमेश सिटौलाले अवस्था र परिस्थिती अनुसार आफुलाई अपडेट गर्दै अगाडी बढ्न सहभागिलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले युनिसेफसँगको साझेदारीपछि संस्था थप व्यवस्थित र सुदृढ हुँदै गएको बताए । कर्मचारीहरुले फिल्डमा गरेको काम उत्कृष्ट र प्रभावकारि रहेको भन्दै थप प्रभावकारिताका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

बासका केन्द्रिय अध्य क्षलुना बुढाथोकीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत तथा तालिमको उद्देश्यमाथि प्रकाश कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । भने तालिममा अपेक्षा मन्तब्य तालिमका सहभागि गंगा भण्डारी र सरिता कठायतले राखेका थिए ।

शनिबारदेखि दुई दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण सहजकर्ता रमा भण्डारीले गरिरहेकीछन् । तालिममा २२ जना कर्मचारीहरुको सहभागिता रहेको छ ।