नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदूत थम्पसन


नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदूत थम्पसन

नेपालगन्ज २ पुष : नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएकाछन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरणलगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

नेपालगन्ज आएका राजदूत थप्सनले रेडियो कृष्णसार एफएमको अवालेकन गर्दै उनीसँग लिइएको विशेष अन्र्तवार्तामा उनले नेपालमा सूचना, प्रविधी र अंग्रेजी भाषाका विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताए । उनले नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत, हाइड्रोपवर, विभिन्न साना तथा मझौला उद्योगको विकास गर्न विशेष जोड दिए ।

उनले नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको छ भने सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको बताए ।

राजदूत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी रहेको जानकारी गराउदै भने,‘नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ, विकसित देशको सूचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाकी छन्, त्यसलाई परा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ, र एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।’

Kids Festival 2022
kanti aarogya hospital

उनले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेका छन र अन्य पछि परेका समुदायको पनि पहुँच र सहभागितामा बृद्धि भएको पाइएको बताए । दुई महिना अघि मात्र नेपाल आएका राजदूत थम्पसनले नेपाली कला, संस्कृति, रितिविाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताए ।

पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले कृष्णसार एफएमको अवलोकन गरेको हो । टोलीमा अमेरिकी राजदूत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत प्ररेणा मरासीनी, आयुषा निरौला लगायत रहेका थिए । अवलोकन पश्चात कृष्णसार एफ एमका समाचार प्रमुख राकेश कुमार मिश्रले एमएमका विभिन्न पक्षका बारेमा जानकारी गराएका थिए ।