बाँकेसहित ८ जिल्लाका प्रहरी प्रमुख फेरिए


बाँकेसहित ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपालगन्ज ४ पुष : बाँकेसहित ८ जिल्लाका प्रहरी प्रमुख फेरिएकाछन् ।

नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागका अनुसार ‘आवश्यकताका आधारमा’ २३ जना एसपीको काज सरुवा भएको छ ।

काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, सुर्खेत, कैलालली, झापा, पर्सा, सर्लाही, धनुषा र सिन्धुलीका प्रमुख फेरिएका हुन् ।

बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा, कैलालीमा देवेन्द्रबहादुर पाल, झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी र सिन्धुलीमा राजकुमार सिलवाल काज सरुवा भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि बाँकेमा श्यामकृष्ण अधिकारी, सुर्खेतमा राजकुमार सिलवाल, कैलालीमा सोमेन्द्रसिंह राठौर, झापामा विश्वमणी पोखरेल, पर्सामा रमेशकुमार बस्नेत, सर्लाहमा प्रविण पोखरेल र सिन्धुलीमा विमलराज कँडेल रहेका थिए ।