बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रम प्रभावकारि भएको निष्कर्ष


बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रम प्रभावकारि भएको निष्कर्ष

नेपालगन्ज ५ पुष : बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रमले वास्तविक जोखिममा रहेका बालबालिका र महिलाहरुका लागि उत्कृष्ट कार्य गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालीत उक्त परियोजनाको वार्षिक समिक्षा गोष्ठीमा सहभागि महिला तथा बालबालिका शाखा प्रमुखहरुले यस्तो बताएका हुन् ।

बाल संरक्षण कार्यक्रम सञ्चालनपछि पालिकाभित्र जोखिममा रहेका बालवालिका र हिंसा प्रभावित महिलाहरुको पहिचान गर्ने, स्याहार योजना तयार गर्ने, सहयोग गर्ने, स्थानीय सरकारसँग उनीहरुको पहुँच स्थापीत गर्न समन्वयको कार्य उत्कृष्ट र प्रभावकारी रहेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला विकास अधिकृत सुनिता केसीले समुदाय तहमा बासले गरेको काम निकै प्रभावकारि रहेको तर्क राखिन् । उनले प्रदेश तहबाट गर्नुपर्ने सहकार्यका लागि सदैव तयार रहेको भन्दै कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताईन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी कार्यक्रममा बोल्दै खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले कार्यक्रमलाई थप प्रभावकारि बनाउन पालिकाले गर्नुपर्ने कुरामा सधै अग्रसर रहने प्रतिबद्धता गरे । सो क्रममा पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुले बासको समन्वय पक्ष निकै बलियो रहेकाले काम गर्न सहज भएको बताएका थिए ।

छलफलको क्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै युनिसेफ नेपालका कुंगा सन्दुप लामाले समुदाय तहमा बासले गरेको कामको पालिकाहरुले अपनत्व लिएको जनाउँदै समुदायमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गरेका थिए । युनिसेफले लिएको उद्देश्य परिपूर्तीका लागि प्रदेश सरकार, स्थानीय सरकार र बासले गरेको मेहेनत सहनिय रहेको उनको भनाई थियो ।

बर्दियाको ठाकुरद्वारामा आयोजना गरिएको समिक्षा गोष्ठीमा बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रमको उद्देश्य र योजना, गरिएका कार्यक्रमहरुको बारेमा जानकारी युनिसेफ नेपालका कुंगा सन्दुप लामाले गरेका थिए । भने कार्यक्रम अन्तरगत अक्टुबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म वार्षिक रुपमा हाँसिल गरेको प्रगति, उपलब्धी, चुनौती, सिकाईको प्रस्तुतीकरण बासका कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए ।

प्रस्तुतीकरण पश्चात गरिएको समुहगत छलफलमा सहभागिहरुले भईरहेको सबै कार्यहरु उत्कृष्ट रहेकोले त्यसको निरन्तरता जरुरी रहेको निष्कर्ष निकालेका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको समिक्षा गोष्ठीमा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको गोष्ठीको समापन बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए । समिक्षा गोष्ठीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १५ ओटा पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरु, बासका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।