नेपालगन्ज ६ पुष : नेपाली काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
काँग्रेसका सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भए । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए ।
निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट प्राप्त गरेका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।
नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी थिइन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ