सुर्खेत ८ पुष : नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी छिन् ।
साधारण सभा उद्घाटन गर्नुअघि स्थानीय मंगलगढीबाट प्रभातफेरी निकालिएको थियो ।
साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन् ।
देशभरबाट आएका पत्रकारलाई वीरेन्द्रनगरका विभिन्न होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ । देशभरका पत्रकारले कर्णालीका पर्यटकीय क्षेत्रको पनि अवलोकन गर्न पाउँनेछन् । साधारण सभामा ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने अनुमान गरिएको छ ।
दुई दिनसम्म चल्ने साधारण सभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा) र एन्जा शाखाका पदाधिकारी तथा राष्ट्रिय परिषद सदस्य सहभागी छन् ।
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?