पत्रकार महासंघको साधारणसभा वीरेन्द्रनगरमा सुरु


पत्रकार महासंघको साधारणसभा वीरेन्द्रनगरमा सुरु

सुर्खेत ८ पुष : नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी छिन् ।

साधारण सभा उद्घाटन गर्नुअघि स्थानीय मंगलगढीबाट प्रभातफेरी निकालिएको थियो ।

साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन् ।

देशभरबाट आएका पत्रकारलाई वीरेन्द्रनगरका विभिन्न होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ । देशभरका पत्रकारले कर्णालीका पर्यटकीय क्षेत्रको पनि अवलोकन गर्न पाउँनेछन् । साधारण सभामा ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने अनुमान गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

दुई दिनसम्म चल्ने साधारण सभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा) र एन्जा शाखाका पदाधिकारी तथा राष्ट्रिय परिषद सदस्य सहभागी छन् ।