नरैनापुरलाई शैक्षिक हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता


नरैनापुरलाई शैक्षिक हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

नरैनापुर (बाँके) ७ पुष : ग्रामीण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

मधेशी, दलित र मुस्लिम समूदायका बालबालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामाग्री बितरण गरेको हो ।

आर्दश माध्यमिक बिद्यालय नरैनापुरमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा बेसकी केन्द्रिय सदस्य संगिता थारुले बिद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको जानकारी दिइन् ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका बालबालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताए । उनले सहयोग सानो ठुलो नभई बिद्यार्थीको शैक्षिक मनोबिज्ञानमा समेत परिवर्तन आउने दावी गरे ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष शाहले नरैनापुर दुर्गम क्षेत्रको नामबाट चिनिए पनि अब शैक्षिक क्षेत्रको हबको रुपमा नरैनापुरलाई विकास गर्ने बताउँदै आर्दश माध्यमिक विद्यालयलाई इण्टर कलेज बनाउने र कन्या विद्यालयको निमार्णका लागि ठेक्का भई सकेकोले निकट भविष्यमा सञ्चालनमा आउने जानकारी दिए ।

गाँउपालिका अध्यक्ष शाहले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै मधेशी, मुस्लिम, दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउनका लागि नरैनापुर गाँउपालिका गम्भीर भएर लागेको बताउँदै उनले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

नरैनापुर–२ का वडा अध्यक्ष मसुद अहमद शाहले चाइना फाउण्डेसनको सहयोगमा शैक्षिक सामाग्री बितरण गर्नुले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने बताए । उनले यो सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गरे ।

शैक्षिक सहयोग अन्र्तगत कपी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामाग्री सहित ५४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाकको प्रमुख अतिथिमा भएको शैक्षिक सामाग्री सहयोग कार्यक्रममा बेसकी केन्द्रिय सदस्य संगिता चौधरी, नरैनापुर वडा नम्बर–२ का वडाअध्यक्ष मसूद अहमद शाह, शिक्षा समितिका सदस्य ब्रिजेन्द्र यादव, नरहरिनाथ योगी, बिद्यालयका प्रअ त्रिलोकीनाथ मौर्य लगायतको उपस्थिती रहेको शिक्षक अरुण यादवले जानकारी दिए ।