सिँचाइका लागि विद्युत विस्तार गर्न अध्यक्ष शाहको आग्रह


सिँचाइका लागि विद्युत विस्तार गर्न अध्यक्ष शाहको आग्रह

नरैनापुर (बाँके) ८ पुस : लुुम्बिनी प्रदेससभाका नवनिर्वाचित सांसद कृष्ण केसी ‘नमूना’ ले नरैनापुरको बिकट बस्तीहरुमा बिद्युतीकरणका लागि चासो देखाएकीछन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको पहलमा प्रदेश सभा सदस्य नमूनाले आफ्नो चुनावी क्षेत्रका केहि बिकट बस्तीहरुमा देखिएको विद्युतको अभावको अनुगमन गरेकीछन् ।

अँध्यारो बस्तीहरुमा विद्युत बिस्तारका लागि योजना बनाएर बघि बढ्ने सांसद नमूनाले बताइन । बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतम सहित प्राविधिक टोली विद्युत नपुगेको बस्तीहरुको अनुगमन गरी फर्किएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको बनियाँ गाँउमा हालसम्म बिजुली नपुगेकोले तत्काल विद्युत पुर्याउन प्राधिकरणका प्रमुख गौतमसंग आग्रह गर्दै नरैनापुर थप विद्युत विस्तारका लागि १५ सय पोल र उक्त पोलमा लाग्ने तारको व्यवस्था गरी नरैनापुरलाई उज्यालो बनाउनमा साथ दिन अनुरोध गरे ।

Kids Festival 2022
kanti aarogya hospital

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरबासीका लागि ठूलो खुसीको कुरा भएको बताउँदै वर्षौदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा भएपनि अब सिँचाइका लागि विद्युत विस्तार गर्न जरुरी रहेको जिकिर गरे ।

प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा आफूले नै बिजुली ल्याएको दाबी गर्दै नरैनापुरको जुन गाँउमा विजुली पुगेको छैन त्यो गाँउमा ६ महिना भित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताइन् ।

उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजी गरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडि स्थानीय उत्पादनको सहज बजारीकरणका लागि आफूले पहल गर्ने बताइन् ।

यस्तै विद्युत प्राधिकरणका प्रमुख गौतमले नरैनापुर ६० प्रतिशत विद्युत विस्तार भई सकेकोले बाँकी रहेको काम सक्दो छिटो सम्पन्न गर्ने बताए । नरैनापुर–५ मटेहियाका रामचन्द्र मौर्यले भन्नुभयो, घरमा बत्ति बलिसेको छ अब खेतमा सिचाईका लागि लाईन पुर्याउन आग्रह गरेका थिए ।

शुक्रबार नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहसंगै प्रदेशसभा सदस्य नमूना, विद्युतका प्रमुख गौतमले वडा नम्बर–४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, ६ का अध्यक्ष प्रेम मौर्य र स्थानीय नागरिकहरुसंग भेट गरी विद्युतको समस्याका विषयमा छलफल गर्नु गरेका थिए ।