नगर प्रहरीले चारवटा ठेला उठायो
File Photo
कोहलपुर ९ पुष : कोहलपुर नगर प्रहरीले नगर क्षेत्रमा ठेला तथा फुटपाथ पसल सञ्चालनमा निषेध गरेको छ ।
गत मंसिर २७ गतेको कार्यपालिकाको बैठकमा नगरक्षेत्रमा अव्यवस्थित तरिकाले ठेला तथा फुटपाथ पसल व्यवसाय सञ्चालन गर्न निषेध गर्ने निर्णय भएसँगै नगर प्रहरीले त्यसको कार्यान्वयन समेत सुरु गरेको छ ।
कोहलपुर नगरपालिका क्षेत्र भित्र ठेलागाडा, सडक तथा फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न कार्यदलनै गठन गरिएको थियो । वडा नम्रब–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत बुझाइसकेको छ ।
प्रतिवेदनमा औल्याइएका सुझावलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै कार्यपालिका बैठकलले तत्कालका लागि ठेला तथा फुटपाथ व्यवसायीहरुलाई व्यवसाय गर्न कोहलपुर उद्योग बाणिज्य संघ परिसर सँगै पछाडी रहेको खाली स्थान छुट्याएको थियो ।
उद्योग बाणिज्य संघसँगको सहकार्यमा ती व्यवसायीलाई संघको पछाडीको खाली जग्गामा व्यवसाय गर्न दिइएको छ । व्यवसाय संचालनका लागि संघमा सूचिकृत हुनुपर्नेछ ।
त्यहाँ कपडा, फलपूmल र तरकारी व्यवसायीहरु बस्न सक्ने छन् । ति स्थानबाहेक नगर क्षेत्रमा ठेला तथा फुटपाथमा पसल व्यवसाय संचालन गरेको पाइएपछि केही व्यवसायीहरुलाई नगर प्रहरीले कारवाहीको दायरामा ल्याउन सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।
आज चारवटा ठेला व्यवासायीलाई कारवाहीको दायरामा ल्याइएको छ । ‘नगर क्षेत्रमा ठेला घुमाएर–डुलाएर व्यवसाय गर्नेलाई अव निश्चित स्थान तोकिएको छ थापाले भने–‘त्यो बाहेक अन्य ठाउँमा पसल व्यवसाय संचालन गरेको पाइए कारवाही हुन्छ ।’
नगर क्षेत्रमा अव्यवस्थित तरिकाले ठेला व्यवासाय सञ्चालन गर्दा दुर्घटनाको जोखिम पनि हुने र शहरलाई समेत क्रुप देखाउने भएकाले त्यसलाई व्यवस्थित गर्ने कामलाई कडाई गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी