डुडुवा (बाँके) १२ पुष : बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठुलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु भएको हो ।
सडक निमार्ण पश्चात गाउँपालिकाको वडा नम्बर–२ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीनसय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिसहरु प्रत्यक्ष लाभ लिनेछन भने खेतबारी गर्नेहरुका लागि पनि सहयोग पुग्नेछ ।
सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकहरुलाई आवत जावतका लागि निकै सास्ती हुदैँ आएको छ । विशेषगरि वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको छ ।
डुडुवा गाउँपालिका वार्ड नम्बर–२ अमृतपुर्वादेखि रामनगर पाझासम्म साढे तीन किलोमिटर पिसिसी सडकको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे ।
शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रका बासीका लागि आवत जावतमा सजकताका लागि ठुलो समस्या रहेकाले यो सडक निमार्णपछि ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाकै अति दुर्गम र वाढी डुबानबाट पिडितबासीहरुको सहजकताका लागि सिधा सम्र्पक जोड्न सडक निमार्णको कार्य शुरु भएको भन्दै सडक निमार्णपछि त्यहाका मानिसहरुलाई सहजता प्रदान गर्ने बताए ।
साढे तीन किलोमिटर पिसिसी सडकसंगै एक वटा कच्वे, १५ वटा कल्भर्ट निमार्णको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताए । उनका अनुसार नारायाणम निमार्ण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाको लागतमा सो सडक निमार्ण गर्नेछ ।
डुडुवा गाउँपालिकाका प्राय सबै वडा बाढीप्रभावित क्षेत्र रहेकाले त्यहाका अधिकास सडक पिसिसी नै उत्तम मानिएकाले सबैजसो सडक पिसीसी नै निमार्ण गरिएको पालिकाका प्राविधिक शाखाका ओभरसिएर मदनेश्वर झाँले बताए । उनका अनुसार पालिकामा निमार्ण भएका अधिकाँस सबै सडकहरु पिसीसी गरिएको छ, भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी