विकास निर्माणका प्रतिबद्धता कार्यान्वयनका लागि खत्रीको पहल


विकास निर्माणका प्रतिबद्धता कार्यान्वयनका लागि खत्रीको पहल

नेपालगन्ज १३ पुष: लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाएकाछन् ।

नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३(१) का निर्वाचित सांसद खत्री बुधबार पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख गोविन्द महतरासहित बैजनाथ गाउँपालिकाका विभिन्न वडामा पुगेका थिए ।

सांसदमा निर्वाचित भएपछि खत्री पहिलो पटक सम्बद्ध कार्यालयका प्रमुख सहित निर्वाचन क्षेत्रमा पुगेका हुन् । खत्रीले वडा नम्बर १,२,३,४,५ र ७ का विभिन्न स्थानमा तत्काल गर्न सकिने सडक तथा पक्कि पुल निर्माणको बारेमा स्थलगत अनूगमन गरि जानकारी लिए ।

सांसद खत्रीको अनुरोधका आधारमा पूर्वाधार विकास कार्यालयले सडक तथा पुल निर्माणका लागि तत्कालै डिपिआर बनाउने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सो अवसरमा प्रदेश सांसद खत्री र कार्यालय प्रमुख महतारालाई एमाले नेता तथा निवर्तमान गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, पुर्व वडाअध्यक्ष मानबहादुर खत्रीले तत्काल गर्नुपर्ने सडक र पुलको विषयमा अवगत गराएका थिए ।

यसैगरी खत्रीले खजुरा गाउँपालिका वडा नम्बर–४ को ईगाउँदेखि बैजनाथको वडा नम्बर–७ पेडारी जोड्ने सडकको निर्माण अवस्थाबारे जानकारी लिएका थिए । खत्रीले प्रदेशको गौरबको योजना रहेको यो सडकका लागि बजेट ब्यवस्थापन गरि तत्कालै कालेपत्रेको रुपमा निर्माण कार्य अघि बढाउन पहल गर्ने बताए । सडक तथा अन्य पूर्वाधार विकास बारे निर्वाचनको समयमा गरिएका प्रतिवद्धता पुरा गर्नका लागि आफुले अहिलेदेखि नै प्रयास थालेको खत्रीको भनाई छ । उनले नयाँ सरकार गठन भएपछि बजेट ब्यवस्थापन गरि काम सुरु गर्नका लागि पहल गर्ने बताए ।