बाँकेका एसपी राठौर भन्छन्–‘जिल्लाको शान्ति सुरक्षा कायम गर्नु पहिलो जिम्मेवारी हो’


बाँकेका एसपी राठौर भन्छन्–‘जिल्लाको शान्ति सुरक्षा कायम गर्नु पहिलो जिम्मेवारी हो’

नेपालगन्ज १४ पुषः हालै सरुवा भएर आएका बाँकेका प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौरले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताएका छन् ।

बाँकेका पत्रकारसँग बिहीबार जिल्ला प्रहरी कार्यालयमा गरिएको गरिएको परिचयात्मक कार्यक्रममा उनले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

‘आफु जिल्लामा कार्यरत रहँदासम्म इमान्दारिता पुर्वक काम गर्ने प्रतिवद्धता ब्यक्त गर्छु’ एसपी राठौरले भने –‘जिल्लाको शान्ति सुरक्षा कायम गर्ने क्रममा सबैसँग समन्वय र सहकार्य हुन्छ, यसमा सबैको साथ र सहयोग हुनेछ ।’

‘जिल्लाको बस्तुस्थिती बुझ्न सबै तह र तप्काका ब्यक्तित्वसंग छलफल र परामर्श गरिरहेकोछु’ एसपी राठौरले भने–‘यसअघि के कसरी भइरहेको थियो त्यो भन्दा पनि समग्र जिल्लाको शान्ति सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणका लागि म पदीय जिम्मेवारी र दायित्वबाट विमुख हुदैँन ।’

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखका रुपमा एसपी राठौर केहीदिन अघि मात्र सरुवा भएर आएका थिए । सो क्रममा उपस्थित भएका बाँकेका पत्रकारहरुले एसपी राठौरलाई जिल्लाको शान्ति सुरक्षा, अपराधलगायतका विषयमा आ–आफ्ना सुझाव दिएका थिए । प्राय बाँकेमा आउने नयाँ प्रहरी प्रमुखले हरेक पटक पत्रकार सम्मेलन गर्छन्, आफ्ना योजना सुनाउँछन्, तर उनी बिदा भएर जाँदा कार्यकालको समिक्षा र उपलब्धी सार्वजनिक नगरेरै जाने गर्दछन् ।