जानकी (बाँके) २५ पुष : जानकी गाउँपालिकाको हिउँदे अधिवेशन शुरु भएको छ । वडा नम्बर–३ मानपुरस्थित गाउँकार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उदेघाटन गरे ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । पालिका अध्यक्ष खाँले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरिएको हो । प्रतिनिधिसभातर्फ निर्वाचित सांसदद्वय किशोरसिंह राठौर र आशा विक भने समारोहमा उपस्थित थिएनन् ।
गाउँसभाको उद्घाटन शत्रमा बोल्दै सांसद कुर्मीले जानकीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले जानकीमा पक्षपातरहित विकास गर्न जरुरी रहेको बताउँदै पछाडी परेका क्षेत्रको विकासका लागि विशेष राणनीति अपनाउनुपर्ने उल्लेख गरे ।
जिल्ला समन्वय समिति प्रमुख चौधरीले विकास र समृद्धि हाँसिल गर्न हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले भौतिक विकासमा मात्र ध्यान नदिई समाज रुपान्तरणका लागि सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष खाँले वितेको ६ महिनामा पालिकाले केही महत्वपूर्ण कार्यहरु गरेको जानकारी गराउँदै वडा वडामा बैंक, छोरी जन्मने वित्तिकै ५ हजार रुपैयाँको बीमा लगायतका कामको सुरुवात आफूले गरेको बताए ।
गाउँपालिकाका प्रबक्ता टिकानाथ यादवले गाउँपालिकालाई अब्बल सावित गर्दै जनपक्षीय कामहरु अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले हिउँदे गाउँसभामा प्रस्तुत हुने एजेण्डाका बारेमा जानकारी गराएका थिए । उनले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताए । अहिले गाउँसभाको दोस्रो शत्रमा बन्दशत्र चलिरहेको डाँगीले जानकारी दिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी