सभामुखको निर्वाचन माघ ५ गते


सभामुखको निर्वाचन माघ ५ गते

नेपालगन्ज २६ पुष : प्रतिनिधि सभाको सभामुखका लागि आउँदो माघ ५ गते निर्वाचन हुने भएको छ ।

जसका लागि माघ ३ गते कार्यतालिका सार्वजनिक गरिने प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले बताए ।

सत्ता गठबन्धनबीच भएको सहमति अनुसार सभामुख नेकपा एमालेले पाउनेछ। एमालेका तर्फबाट छबिलाल विश्वकर्मा र देवराज घिमिरेको नाम चर्चामा छ ।

हाल प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राणाले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।