File Photo
नेपालगन्ज २६ पुष : राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्रै हुने बताएका छन् ।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले पृथ्वीनारायण शाहका दिव्योपदेश आत्मसाथ गर्नुपर्ने आवश्यता औंल्याएका छन् ।
उनले पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्न सके नेपालीहरुको स्वाभिमान सुरक्षित हुने विश्वास बताएका छन् । शाहले राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने उल्लेख गर्दै विचार, आदर्श, सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा राजनीति अल्मलिएको टिप्पणी गरेका छन् ।
राजनीतिक उत्तारचढावप्रति निरपेक्ष रहनु ‘नेपाली राजसंस्था’को मौलिक विशेषता भएको उल्लेख गर्दै पूर्वराजा शाहले राष्ट्रियता र जनहितप्रति शाहवंशीय राजसंस्था नचुकेको दाबी गरेका छन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ