प्रचण्डले आफ्नै मतको ‘रेकर्ड ब्रेक’ गरे


प्रचण्डले आफ्नै मतको ‘रेकर्ड ब्रेक’ गरे

नेपालगन्ज २६ पुष : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन् । मंगलबार भएको मतदानमा उनले कुल २७० मतमा २६८ मत पाएका हुन् । त्यसमध्ये २ मत मात्रै विपक्षमा परेको थियो ।

प्रतिनिधि सभाको आकार (२७५) अनुसार प्रचण्डले पाएको मत ९७.४५ प्रतिशत हो । उपस्थितिको संख्या अनुसार उनले पाएको मत ९९.२५ प्रतिशत हो ।

सर्वसम्मत प्रधानमन्त्री भएको अवस्थामा बाहेक प्रधानमन्त्रीका रुपमा प्रचण्डले पाएको विश्वासको मत सर्वाधिक हो ।

गणतन्त्रपछिका प्रधानमन्त्रीहरुले पाएको (निर्वाचित हुँदा/विश्वासको मत लिँदा) मत मात्रै हेर्दा पनि, प्रचण्डले आफ्नै मतको ‘रेकर्ड ब्रेक’ गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

२०६५ साउन ३१ गते पहिलोपटक प्रधानमन्त्री नियुक्त हुँदा संसद्÷संविधान सभाबाट उनले ४६४ मत पाएका थिए । ६०१ सदस्यीय तत्कालीन सभामा उनले पाएको मत ७७.२ प्रतिशत मत (संविधानसभाको आकार अनुसार) पाएका थिए ।

दोस्रोपटक २०७३ साउन १९ गते उनले प्रधानमन्त्री निर्वाचित हुँदा उनले ६०.३९ प्रतिशत मत (संसद्को आकारका आधारमा) पाएका थिए ।

यसअघि २०७४ फागुन २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ७५. ६३ प्रतिशत मत (संसद्को आकारको आधारमा) भएका थिए ।

प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो । त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ । यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।