पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम


पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

नेपालगन्ज २७ पुष : राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालगन्जसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएकोछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालगन्जमा राप्रपा बाँके, नेपाल शिवसेना नेपालगन्ज नगर कमिटि, दर्शन सेवा समाज, बाँके, ठकुरी सहयोग सञ्जाल, लुम्बिनी प्रदेश तथा ठकुरी पत्रकार समाजले छुट्टाछुट्टै कार्यक्रम गरि मनाएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

दर्शन सेवा समाजले विरेन्द्र चोकमा पृथ्वीनारायण शाहको फोटोमा माल्याअर्पण गर्दै उनको योगदानको चर्चा गरेको थियो । समाजका सल्लाहकार गजेन्द्र हमाल, समाजका अध्यक्ष रमेश बहादुर शाह, ठकुरी सेवा समाज महासंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष इन्दिरा शाही लगायतले पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले कहिल्यै विसर्न नहुने भन्दै उनले देखाएको बाटो अनुशरण गर्न आह्वान गरेका थिए ।

यस्तै राप्रपा बाँकेले पृथवीनारायाण शाहको जय जयकार गर्दै विरेन्द्र चोकबाट ¥याली निकालेको थियो ।

पृथ्वीनारायण अमर रहनु, राष्ट्रिय एकता दिवस जिन्दावाद नारासहितको ¥याली त्रिभुवन चोक पुगेर सभामा परिणत भएको थियो । सभालाई पार्टी अध्यक्ष नरेन्द्र पौडेल, केन्द्रिय सदस्य ओमप्रकाश आजाद , आमन्त्रित केन्द्रिय सदस्य नन्दलाल वैश्य लगायतले पृथ्वीनारायण शाहको योगदान र उपदेशलाई अझँै पनि लागु गर्नु पर्ने आवश्यक्ता रहेको बताएका थिए । भने नेपाल शिवसेना नगरकमिटीले बागेश्वरी मन्दिरबाट मोटरसाईकल ¥याली निकाली नगर परिकर्मा गरेको थियो ।

यसैगरी पृथ्वीनारायण शाहको सम्झनामा नेपालगन्जमा शाश्वत स्मृति प्रतिष्ठानले विचार गोष्ठि, खजुरामा एनप्याब्सनले समेत प्रभातफेरी गरेको थियो ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएकोमा यसपटक सरकारले सार्वजनिक विदा समेत दिएकोछ । यसअघि सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको थिएन । यद्यपी केही स्थानीय तहहरुले बिदा दिदै आएका थिए ।