नेपालगन्ज २७ पुष : नेपालगन्जमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सव सञ्चालन गरिएकोछ ।
थारु भाषा, संस्कृती, लोककला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जको रामलीला मैदानमा लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सव सञ्चालन गरिएको हो ।
माघ महोत्सव सञ्चालन अघि नेपालगन्जको धम्बोझी चोकबाट थारु भेषभुषामा सजिएका थारु समुदायका युवायुवतीहरुको झाँकीसहिको ¥यालीले नगरपरिकर्मा गरेको थियो ।
उक्त झाँकी ¥यालीले सेतुविक चोकहुँदै न्यूरोडबाट त्रिभुवनचोक भएर भेरी अस्पताल हुँदै रामलीला मैदानमा पुगेको थियो ।
थारू कल्याणकारीणी सभा बाँकेको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरे ।
थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा आयोजित दुई दिने माघ महोत्सवमा विशेषगरि थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रदर्शन गरिने झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको बेजोड प्रस्तुती भइरहेकोछ । भगतका अनुसार महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रर्दशनी भइरहेकोछ ।
महोत्सवको उद्घाटन पुर्वमन्त्री फत्तेसिंह थारु, समाजसेवी गोपाल दहित, संघ तथा प्रदेश सांसद, बाँकेका सबै पालिका प्रमुख लगायतको उपस्थिती रहेको थियो । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरिनेछ ।
महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै विक्रि वितरणको लागि राखिने समेत आयोजक टिमले जनाएको छ ।