सातै प्रदेशले पायो नयाँ मुख्यमन्त्री


सातै प्रदेशले पायो नयाँ मुख्यमन्त्री

नेपालगन्ज २७ पुष : देशका सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएकाछन् । गत मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका हुन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् ।

यसअघि नै प्रदेश नम्बर– १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् । बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसैगरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसैगरी कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमाले संसदीय दलको नेता समेत रहेको रावललाई प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

यसैगरी प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । उनलाई आइतबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् ।

यसैगरी बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् । उनी सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसैगरी गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्री बनेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियुक्त गरेका हुन् ।

सम्बन्धित प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधार २ बमोजिम सातै प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।