कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता


कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

नेपालगन्ज २९ पुष : लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्बद्ध सरकारी निकायसँग परामर्श अघि बढाएकाछन् ।

प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्ज पुगेर नदी कटान र सिँचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गरेका हुन् ।

सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरे ।

मानखोला सहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजुरा क्षेत्रको खेतीयोग्य जमिन वर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्देश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख चौधरीसहित प्रदेश सांसद खत्री नदीले कटान गरेको स्थानमा अनुगमनका लागि पुगेका थिए ।