नेपालगन्ज २९ पुष : लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्बद्ध सरकारी निकायसँग परामर्श अघि बढाएकाछन् ।
प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्ज पुगेर नदी कटान र सिँचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गरेका हुन् ।
सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरे ।
मानखोला सहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजुरा क्षेत्रको खेतीयोग्य जमिन वर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताए ।
कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्देश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख चौधरीसहित प्रदेश सांसद खत्री नदीले कटान गरेको स्थानमा अनुगमनका लागि पुगेका थिए ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ