वनसँग सेलिब्रेटीमा कर्ण शाक्य


वनसँग सेलिब्रेटीमा कर्ण शाक्य

नेपालगन्ज २९ पुष : वनसँग सेलिब्रेटी कार्यक्रम सकारात्मक सोँचका प्रणयता कर्ण शाक्यको बिशेष उपस्थितीमा नेपालगन्जमा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालयको सहयोग तथा बास नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले नेपालमा गरीबिको कारण सुशासन नहुनु बताए ।

नीतिनियम र कानून अनुसार देशका संयन्त्रहरु सञ्चालित भएमा कोही पनि गरिब नहुने उनको भनाई थियो । ब्यक्ति स्वयम्ले जिवन बनाउने हो र चलाउने पनि आफै हो भन्दै सबैलाई कर्ममा विश्वास गर्न उनले अनुरोध गरे ।

पर्यावरणको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउँदै वातावरण संरक्षणमा लाग्न उनले अपील गरे । सबैले सकारात्मक उद्देश्यका साथ कार्य गरेमा त्यसको नतिजा समेत सकारात्मक आउने उनको भनाई थियो ।

Kanti Aarogya Hospital Nepalgunj

उनले आफ्नो जिवनको अनुभव सुनाउँदै आम नागरिकहरुलाई सकारात्मक बन्न उत्प्रेरित गर्न पाउँदा गौरवान्तित भएको बताएका थिए । झण्डै ३ घण्टा सम्म चलेको कार्यक्रममा उनले आफ्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्र हमालले कर्ण शाक्यले थालेको सकारात्मक सोँच अभियानले मानिसलाई सकारात्मक बन्न अभिप्रेरित गरेको बताए । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश डिभिजन वन कार्यालयका वन अधिकृत गणेश खड्काले गरेका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन डिभिजन वन कार्यालयका प्रमुख अजितकुमार कर्णले गरेका थिए, भने कार्यक्रमको समापन बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।

बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सकारात्मक सोँचका प्रणयता कर्ण शाक्य, सकारात्मक सोँच अभियानका संयोजक प्रबिन शाक्य, लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्र हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी प्रमुख सन्तोस सिंह राठौर, बासका सल्लाहकार किरण आचार्य, विभिन्न जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, प्राध्यापक, कर्मचारी, गैससकर्मी, युवाहरु गरी ४५० बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सोँच समुह नेपालगन्ज, टक्सार, अशलशासन मिडिया, भ्वाइर्स नेपालगन्ज, नाईस नेपालगन्ज, दिदीबहिनी समाज नेपालगन्ज, भायनेट, ब्राईटल्याण्ड स्कुल नेपालगन्जको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नेपालगन्ज स्थित सरस्वती बिद्यालयमा अध्ययनरत १५ जना र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा रहेका ५ जना विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।