सांसदलाई बधाई तथा शुभकामना


सांसदलाई बधाई तथा शुभकामना

नेपालगन्ज २९ पुष : नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधी सभा र प्रदेश सभाका सांसदलाई बधाई तथा शुभकामना दिइएको छ । नेपाली काँग्रेस इकाई समिति नेपालगन्ज वडा नम्बर–६ ले शुक्रबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बाँके क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधी सभाका सांसद समेत रहेका पार्टीका सहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सांसदहरु बादशाह कुर्मी, सुशीला नेपाली, माया पुन, मिना बोहरा (सिद्दिकी) र सञ्जुकुमारी थारुका लागि बधाई तथा शुभकामना कार्यक्रम राखिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्रममा प्रदेश सभाका निर्वतमान सांसद मोहम्मद याकुव अन्सारी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य कृष्णा सापकोटा, काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, प्रदेश सांसदका उम्मेदवार राजकुमार बर्मा, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट लगायत नेता, कार्यकर्ताको सहभागिता रहेको इकाई समितिका दिलिप रेग्मीले जानकारी दिएका छन् ।