नेपालगन्ज ३० पुष : लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिने भएको छ । माघेसंक्रान्ति र माघी पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
अघिल्लो सरकारको २०७८ चैत २१ बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते बिदा दिने निर्णय गरेको थियो ।
प्रदेश सरकारले माघ महोत्सव मनाउने भएको छ । आगामी माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी माघ महोत्सव मनाउन लागिएको हो ।
माघ महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरूलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरूप पुरस्कृतसमेत गर्ने गरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।
माघ उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा दुईवटा थारु झाँकी, २ वटा मगर झाँकी र १–१ वटा गुरुङ र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुति गर्ने टोलीलाई प्रतिटोली २० हजार रकम यातायात खर्चवापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ