नेपालगन्ज ४ माघ : गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवौं अधिबेशन तथा २२ औं साधारण सभा आगामी चैत्र ४ गते हुने भएको छ ।
दोश्रो बाँके जिल्ला स्तरीय नागरिक सम्मेलन सहित अधिबेशन नेपालगन्जमा हुने भएको हो । गैसस महासंघ नेपाल बाँके शाखाको बुधबार सम्पन्न कार्य समिति बैठकले अधिबेशनको मिती तय गरेको हो ।
अधिबेशन भव्यताकासाथ सफल पार्नका लागि उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्यसमिति सदस्य मैमुना सिद्धिकी र शंकर न्यौपाने सदस्य रहेको तयारी समिति, सचिव आशिष बर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयनीत खत्री सदस्य रहेको प्रचार–प्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोवकत्वमा सदस्यहरु जयन्ती खत्री र लोक बहादुर परियार सदस्य रहेको आर्थिक समिति, कार्यसमिति सदस्य सूर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु अर्मिला रोकाय र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति गठन गरिएको छ ।
बैठकले माघ ११ गते आबद्ध गैससका अध्यक्ष, सचिवहरुको भेला गर्ने निर्णय गरेको छ भने माघ २८ गते बर्दियाको सतखलुवामा मैत्रीपूर्ण वनभोज कार्यक्रम गर्ने निर्णय गरेको गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले जानकारी दिए । अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकमा कार्य समिति पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।