प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम निर्वाचित


प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम निर्वाचित

नेपालगन्ज ६ माघ : नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै अधिवेशनबाट खुला उपाध्यक्षमा जयसिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल र समावेशी उपाध्यक्षमा पहलमान घर्ती चयन भएका छन् ।

यसैगरी महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा सम्शेर विक्रम जिसी भएका छन्, भने कोषाध्यक्ष सिपी खनाल बनेका छन् ।

प्रथम अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त बन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दीलीप खडका, प्रमोद आचार्य, रबीन शर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई, ओमा कडँेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव र सुरेश परियार सदस्य बनेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसै गरी लेखा समिति संयोजकमा मुक्ती प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजीत रेग्मी र प्रकाश घिमिरे बनेका छन् ।

एक अध्यक्षसही ३ उपाध्यक्ष, एक महासचिव, ३ सचिव र कोषाध्यक्ष गरि २५ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति रहने युनियनको विधान अनुरुप नयाँ कार्यसमिति चयन गरिएको हो ।

यसअघि युनियनले गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयन गरिसकेकोछ । लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चुनेको युनियनले लगत्तै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशको नेतृत्व चयन गर्नेछ ।

दाङको घोराहीमा सम्पन्न प्रथम अधिवेशनको उद्घाटन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गरेका थिए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष एवम निर्वाचन संयोजक समेत रहेका माधव अर्यालको सभापतित्वमा भएको उद्घाटन शत्रमा युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दीलिप पौडेल लगायत पदाधिकारी र केन्द्रिय समिति सदस्यहरु, काँग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी लगायत प्रदेशका १२ जिल्लाका पार्षदहरुको उपस्थित रहेको थियो ।