पञ्चेबाजा सेट सहयोग


पञ्चेबाजा सेट सहयोग

नेपालगन्ज ६ माघ : बाँकेको नरैनापुर गाउँपालिका पञ्चेबाजा संरक्षणमा जुटेको छ ।

नरैनापुर–६ को पञ्चेबाजा समूहलाई गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले एक सेट पञ्चेबाजा हस्तान्तरण गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

पञ्चेबाजा लोप हुन लागेकाले बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई प्रोत्साहित गर्न पञ्चेबाजा समूहलाई एक सेट बाजा खरिद गरेर सहयोग गरेको गाउँपालिका शाहले बताए । उनले भने, ‘पञ्चेबाजा पाएपछि बाजा बजाउने समुदायको जीवनस्तर उकास्न मद्दत पुग्नेछ ।’