डुडुवा ६ माघ : बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक वर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो ।
गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहीबारदेखि भत्ता वितरण शुरु गरिएको छ । शुक्रबार भत्ता बितरण गर्ने बैंकमै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गरे ।
गाउँपालिकामा सामाजिक भत्ता पाउने जेष्ठ नागरिकलाई बैंकसम्म सहजरुपमा पुर्याएर भत्ता ग्रहण गराएर पुनः घरमै छोड्ने सुबिधा समेत प्रदान गरिएको छ । भत्ता पाउने व्यक्तिहरुलाई नेपालगन्जको तीन वटा बैंक एनआईएमबि बैंक, ज्योति बिकास बैंक र कुमारी बैंकमार्फत भत्ता बितरण भइरहेको छ ।
गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख कौशल कैरातीका अनुसार गाउँपालिकाको ६ वटै वडाका जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता, एकल महिला, विधुवा गरि ४ हजार ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना ३ हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना २ हजार, पुर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना ३ हजार, अपाङ्गता भएका व्यक्ती (ख) वर्गलाई प्रति महिना १ हजार ६ सय, जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई प्रति महिना ४ सयका दरले रकम वितरण गरिने अपरेटर कौशलले बताए ।
यसैगरि अपाङ्गता भएका व्यक्ती (ग) वर्गलाई प्रति महिना ५ सय र (घ) वर्गलाई ४ सय प्रति महिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिएको पञ्जिकाधिकारी शिव कुमार मौर्यले जानकारी दिए ।
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?