नेपालगन्ज ७ माघ : नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नामबाट जिल्ला कार्यसमिति विस्तार गरि भ्रम फैलाउने कार्य गरेको भन्दै भत्र्सना गरिएको छ ।
नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्रबहादुर विष्टले शनिबार एक विज्ञप्ती जारी गर्दै यस्तो भत्र्सना गरेका हुन् । नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नाममा चक्र रावतले जिल्ला कार्यसमिति विस्तार गरेका थिए ।
गत मंसिर १९ गते नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले आफुलाई बाँके जिल्ला अध्यक्षमा नियुक्त गरी पठाएको र आफु विभिन्न पक्षसँग छलफल गरी जिल्ला कार्यसमिति बिस्तार गर्ने प्रक्रियामा रहेको अवस्थामा नेविसंघ बाँकेको कार्यबाहक सभापति भनि र आफुले कसैलाई पनि अहिले कार्यबाहक नदिएको विष्टले विज्ञप्ती मार्फत प्रष्ट्याएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘यसमा सम्पूर्ण नेपाल बिद्यार्थी संघका साथीहरु भ्रममा नपर्न पनि म हार्दिक अपील गर्दछु ।’
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ