नेपालगन्ज ९ माघः नेपालगन्जबाट कैलाश मानसरोवर तिर्थ यात्राका लागि माउन्टेन फ्लाइट हुने भएको छ ।
वेस्टर्न ट्राभल मार्ट नेपालगन्जको अवसरमा माउन्टेन फ्लाइट हुने भएको हो । यही माघ १६ गते अर्थात ३० जनवरीका दिन नेपालगन्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट को पहिलो उडान भर्ने निश्चित भएको हो ।
यसका लागि वेस्टर्न ट्राभल मार्ट नेपाल र नेपालको हवाइ क्षेत्रको अग्रणी संस्था बुद्ध एअर बीच सम्झौता भएको छ । मार्टका संयोजक एवम नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले यस उडानले नेपालगन्ज मात्र नभई पश्चिम नेपालको पर्यटन विकासमा थप टेवा दिने विश्वास लिएको बताए ।
‘कुनैपनि उडान पहिलो उडानपछि दोश्रो, तेश्रो र नियमित तथा स्थायी उडान हुन जरुरी रहन्छ तर, नियमित उडान गर्न ठूलो चुनौती हो भन्ने पाठ नाट्टा बाँके च्याप्टरले यस अघि नेपालगन्जदेखि पोखरा उडान भर्दा अनुभुती गरिएको छ, यद्यपि नेपालगन्ज–कैलाश मानसरोवर (माउन्टेन फ्लाइट) नियमित उडान भर्न नाट्टा बाँके च्याप्टर लागि रहने छ, थाक्ने छैन,’ सिग्देलले अगाडी भने ‘जहाज भरिए उडानहरु निश्चित हुन्छन्, कैलाश मानसरोवर हवाई यात्रा एउटा अभियान हो, यो अभियानमा आम विकास प्रेमीहरुको साथ र आशीर्वाद रहनेछ, यस अघि नेपालगन्ज पोखरा उडान भर्दा साथ र आशिर्वाद दिन छुट्नु भएकाहरु यो अभियानमा साथमा भन्ने विश्वास गरेका छौं ।’
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने