गैसस महासंघ अव आन्दोलनमा जान्छ : अध्यक्ष सुबेदी


गैसस महासंघ अव आन्दोलनमा जान्छ : अध्यक्ष सुबेदी

नेपालगन्ज ९ माघ : गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सुबेदीले देशमा गैससमैत्री वातावरण नभएको आरोप लगाएका छन् ।

गैसस महासंघ नेपाल बाँके शाखाको आयोजनामा सोमबार नेपालगन्जमा सम्पन्न वर्तमान अवस्थामा नागरिक समाजका सवाल बिषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष सुबेदीले सो आरोप लगाएका हुन् ।

अध्यक्ष सुबेदीले अति पुराना गैर सरकारी संस्था ऐन, समाज कल्याण ऐन र राष्ट्रिय निर्देशन ऐन बमोजिम हालसम्म गैससहरु नियमन भएको, ऐनहरु संसोधन गर्ने तर्फ सरकार अग्रसर नबनेको बताए ।

उनले गैसस दर्ता ऐन बमोजिम मठ, मन्दिर, मस्जिददेखि व्यवसायिक समिति र सामाजिक संस्थाहरु दर्ता गर्दा सामाजिक संस्थाहरुको अस्तित्व र पहिचानमा समस्या सृजना भएको बताए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपूर्ण भएता पनि परिवर्तन पश्चात सत्तामा पुगेका राजनीतिक दलहरुले नागरिक समाजलाई उपेक्षा गर्दै आएको सुबेदीले बताए । उनले भने–‘खोलो तर्यो, लौरो बिस्र्याे भनेझैं भएको छ ।’

बिपदमा गैससहरुको जहिले आवश्यकता रहने तर, अन्य कार्यमा गैससहरु उपेक्षित हुने, गैर नाफामुलक गैससहरुलाई नाफा कमाउने कम्पनी सरहको व्यवहार सरकारबाट हुँदै आएको छ—सुबेदीले भने—सरकारको बेवास्ताको शिकार अब हामी कहिलेसम्म हुने ? तसर्थ अब गैसस महासंघ देशव्यापी आन्दोलनमा जान्छ, जबसम्म गैससमैत्री वातावरण बन्दैन तबसम्म हामी आन्दोलन गर्छाैं ।

शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा गैसस महासंघ नेपाल बर्दियाका पूर्ब अध्यक्ष कृष्णजङ्ग शाह, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्र जोशी, थारु महिला विकास केन्द्रकी अध्यक्ष ललित चौधरी, नारी बिकास केन्द्रकी रचना श्रेष्ठ, आईएचआरसीका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतले बोलेको कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रिय सदस्य धर्मलाल रोकाय, फियानका शुरेश गौतम, गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेजबिक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला सदस्य शंकर न्यौपानले सञ्चालन गरेको कार्यक्रमको समापन अध्यक्ष नमस्कार शाहले गरेका थिए । भने कार्यक्रममा ५० बढि गैससकर्मीहरुको उपस्थिती रहेको थियो ।