मौसम विग्रिएपछि धनगढी उडेको बुद्ध एयरको विमान नेपालगन्ज अवतरण


मौसम विग्रिएपछि धनगढी उडेको बुद्ध एयरको विमान नेपालगन्ज अवतरण

File Photo

नेपालगन्ज १० माघ : मौसममा आएको खराबीका कारण काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको विमान नेपालगन्ज अवतरण गरिएको छ ।

मौसम बिग्रिएपछि धनगढीमा अवतरण गर्न नसकेको विमान नेपालगन्ज आएको हो । उक्त विमानले ३ जना यात्रुलाई बोकेर पुनः काठमाडौं फर्किएको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट धनगढीका लागि मंगलबार साँझ ५ बजेर १९ मिनेटमा उडेको नाइनएनएनयू कलसाइनको विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण भएको थियो । विमानमा सवार यात्रुमध्ये केहीलाई नेपालगन्जमै छाडिएको छ ।

यात्रुको ईच्छा अनुसार उनीहरुलाई नेपालगन्जमै झारेर स्थल मार्गमार्फत धनगढीसम्म लैजाने ब्यवस्था मिलाइएको बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहले बताए । कम्पनीका अनुसार उक्त विमान ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

धनगढीमा पानी परेर अवतरण गर्न नसकेपछि करिव ३० मिनेट जति आकाशमै फन्को मारेर विमान नेपालगन्ज फर्काइएको बताइएको छ ।