तिवारी र खत्रीलाई संवादको सम्मान


तिवारी र खत्रीलाई संवादको सम्मान

नेपालगन्ज १३ माघ : संवाद समूह बाँकेका सदस्यद्वय लक्ष्मी तिवारी र रत्न खत्रीलाई आज संवाद समूह बाँकेले स्वागत तथा सम्मान गरेको छ ।

खत्री बाँके क्षेत्र नम्बर– ३ बाट प्रदेश सांसद र लक्ष्मी तिवारी बाँके क्षेत्र नम्बर– २ बाट (समानुपातिक) संघीय सांसद निर्वाचित भएपछि पहिलो पटक समूहले सदस्यद्वयलाई आफ्नो कार्यालयमा एक समारोहबीच अंगोछा र अविरसहित सम्मान गरेको हो ।

संवाद समूह बाँके सदस्य कृष्णा केसी ‘नमुना’ पनि बाँके क्षेत्र नम्बर– १ बाट प्रदेश सांसदमा निर्वाचित भएकी हुन् । उनी हाल प्रदेशमन्त्री समेत रहेकी छन् । कार्य व्यस्तताकारण उनी भने उपस्थित हुन सकेनिन् ।

सांसद खत्री र तिवारीलाई समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य एवं अधिवक्ता प्रह्लाद बहादुर कार्की, सदस्य अस्मीता शाह लगायतले अँगोछा सहित स्वागत तथा सम्मान प्रकट गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

जनसरोकारका गम्भीर र जटील सवालमा संवाद समूहले गरिरहेको संवाद सहजीकरणको प्रशंसा गर्दै सदस्यद्वय सांसदले जनसरोकारका सवालमा आफुहरुले पनि सम्बन्धित ठाउँमा आवाज उठाउने र सम्बोधनको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जनसरोकार, विवाद र द्वन्द्व व्यवस्थापनमा क्रियाशिल समूहले आधा दर्जन सवालमा अहिले पनि संवाद सहजीकरण गरिरहेको छ ।