नेपालगन्ज १४ माघ : बाँकेमा हुन लागेको ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र पारिएको छ ।
थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्तीसोनारीले नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा संघका केन्द्रिय सदस्य शेखर दहितले यही माघ २० गतेदेखी २२ गतेसम्म जिल्लाको राप्तीसोनारी गाउँपालिक वडा नम्बर–६ सिधनवामा सम्मेलन हुन लागेको जानकारी दिए । सम्मेलनमा थारु भाषा, साहित्य, कला, सँस्कृती, परम्परा लगायत विषयमा छलफल र बहस हुने उनले बताए ।
‘सम्मेलनमा आएका पाहुनालाई राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा आश्रम, सन्तानेश्वर मन्दिर, भुवर भवानी मन्दिर लगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको छ,’ थारु गोचाली समाजका महासचिव कालुराम समर्पणले भने ।
२०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । दोस्रो सम्मेलन कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गिया, पाँचौं सुर्खेतको नयाँ गाउँ, छैठौं सम्मेलन कञ्चनपुरमा आयोजना गरिएको थियो ।
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’