पन्नालाल गुप्ताको तेस्रो स्मृती दिवसमा विविध कार्यक्रम


पन्नालाल गुप्ताको तेस्रो स्मृती दिवसमा विविध कार्यक्रम

नेपालगन्ज १५ माघ: प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त चाचाजीको तेस्रो स्मृती दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन बाँके, नेपाल पत्रकार महासंघ र पन्नालाल गुप्त स्मृती प्रतिष्ठानले छुट्टा–छुट्टै कार्यक्रम गरेर आईतबार स्वर्गीय गुप्तालाई स्मरण गरेका हुन् ।

आफ्ना संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय गुप्ताको स्मृतीमा प्रेस युनियन बाँकेले आईतबार बिहान श्रद्धाञ्जली कार्यक्रम गर्यो । युनियन बाँकेको कार्यालयमा उक्त कार्यक्रममा बोल्ने बक्ताले स्वर्गीय गुप्ताले पत्रकारिता, लोकतन्त्र र समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, स्वर्गीय गुप्तका पुत्र एवम् नेपालगन्जका पुर्वमेयर विजय गुप्ता, नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष मेघराज ओली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरी र पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले स्वर्गीय गुप्ताप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै योगदानको चर्चा गरेको युनियका सचिव विजय मल्लले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

अध्यक्ष ओलीले संस्थापक अध्यक्ष गुप्ताको सम्मान स्वरुप युनियन बाँकेले जिवित रहँदा नागरिक अभिनन्दन, जन्मोत्सव, पुरस्कार कोष स्थापना जस्ता काम गरेको र निधन पश्चात उनको नाममा सडक र चोक नामाकरण गराउनका लागि आवश्यक पहल कदमी गर्दै आएको बताए । उक्त कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।

यस्तै पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका स्वर्गीय गुप्ताको स्मृतीमा महासंघले पनि आफ्नो कार्यालय श्रद्धाञ्जली कार्यक्रम गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान, पत्रकार महासंघ बाँकेका सल्लाहकार डक्टप्रसाद धिताल, स्वर्गीय गुप्ताका सुपुत्र एवम् पुर्वमेयर विजय गुप्ता र पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले योगदानबारे चर्चा गरेका थिए । महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले स्वागत गरेकोे उक्त कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।

यसैगरी तेस्रो स्मृती दिवसका अवसरमा पन्नालाल गुप्त स्मृती प्रतिष्ठान नेपालगन्जको आयोजनामा स्थानीय मानव सेवा आश्रममा भोजन गराइएको छ । प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रतिष्ठानका पदाधिकारी, आश्रमका पदाधिकारी, आश्रममा रहेका बृद्धबृद्धा तथा बालबालिका लगायतको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानले स्मृती दिवसको अवसर पारेर उक्त आश्रममा बसोबास गर्ने ब्यक्तिलाई खाना खुवाएको प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालन मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विन सापकोटाले गरेका थिए ।